
एक वलिउड स्टार क्यामेरामा अश्लील पोज दिँदैथिइन् । अर्की अभिनेत्री कपडामा पोज दिँदैथिइन् । यी दुबै कलाकारले वास्तविक रुपमा त्यसो गरेका थिइन् । हालसालै भाइरल भएका ती दुई दृश्य झुटा कुरा फैलाउन प्रयोग गरिने प्रविधि डिपफेक्सबाट बनाइएका हुन् ।
डिपफेक्सको शिकारमा सुरुमा रश्मिका मण्डना परिन् । प्रियंका चोपडा पनि यसबाट अछूतो रहन सकिनन् भने आलिया भट्ट पनि यसको शिकार बनिन् । अरुको हाउभाउमा उनीहरुको तस्वीर प्रयोग भएका हुन् । यी तस्वीर विना अनुमति प्रयोग भएका हुन् । अभिनेत्रीहरुका सामाजिक सञ्जालबाट ती तस्वीर लिइएका थिए ।
बलिउडका अभिनेत्रीहरु डिपफेक्सको शिकार हुनेक्रम बढ्नुमा के कारण छ ?
डिपफेक्सले हलिउडका अभिनेत्री समेत हैरान भएका थिए । यद्यपि हलिउडमा हाल त्यस्तो समस्या भने छैन । एआई विज्ञ आरती सामनीले बीबीसीसँग भनेकी छिन्,‘हलिउड अभिनेत्री नाटेली पोर्टम्यान, इमा वाट्सन पनि यसका शिकार भएका थिए । तर हलिउडले अहिले यसलाई परास्त गरिसकेको छ ।
उनका अनुसार यान्त्रिक वौद्धिकतामा आधारित प्रविधिका कारण फेक श्रव्य दृश्य तथा श्रव्य सामग्री बनाउन अहिले सजिलो छ । ‘पछिल्लो छ महिनामा डिपफेक्स जस्तै प्रविधिको प्रयोग बढ्दै गएको छ । यस्ता प्रविधिले जो कोहीको पनि दुरुस्तै नक्कल गर्छ’, सामनी भन्छिन् ।
भारतमा अभिनेत्रीहरुको अश्लील श्रव्यदृश्य सामग्री बन्नुको कारण भने युवाहरुको ठूलो जमात हो । युवा जमातले वलिउडका अभिनेत्रीप्रति विशेष आकर्षण राख्नु रहेको उनको भनाइ छ । समनीले बीबीसीसँग भनेकी छिन्, ‘वलिउड अभिनेत्रीहरुको यस्ता भिडियो बनाउँदा क्लिकबेट बढ्ने र त्यसबापत विज्ञापन आउने भएकाले पनि युवाहरुले यस्ता भिडियो निकै बनाउने र युवाहरुकै माध्यमबाट यस्ता श्रव्यदृश्य सामग्री छिट्टै फैलिन्छ ।’
फेक तस्वीर तथा दृश्य विशेषगरी अश्लिल भिडियोका निम्तिमात्रै प्रयोग गरिएको छ । तर यस्ता भिडियो जेका निम्ति पनि प्रयोग गर्न सकिन्छ । हालै अभिनेत्री मण्डनाको वक्षस्थललाई अस्वभाविक रुपमा प्रस्तुत गरिएको थियो । अर्की एक महिलाको भिडियोमा उनको तस्वीर जोडिएको थियो । भाइरल भएको त्यस दृश्यबारे मण्डनाले भनेकी छिन्, ‘यो त निकै डरलाग्दो भयो । यस्ता कुरा कृपया शेयर नगरिदिनुहोला ।’
प्रियंका चोपडा पनि यसको शिकार भएकी थिइन् । उनको भने आवाज प्रयोग भएको थियो । एउटा ब्रान्डको प्रवर्द्धनका लागि उनको आवाज प्रयोग गरिएको थियो । आलिया भट्ट पनि क्यामेराको सामुन्ने अश्लील रुपमा प्रस्तुत भएझैँ दृश्य सार्वजनिक भएको थियो । क्याट्रिना कैफको पनि अश्लील सामग्री बनाइएको थियो भने उद्योगपति रतन टाटाको लगानी सुझावका सामग्री पनि डिपफेक्सकै तयार गरिदिएको थियो । डिपफेक्सले महिलाहरुलाई नै बढी असर पुर्याएको छ । प्रविधिबारे अनुसन्धान गर्ने संस्था सेन्सिटीका अनुसार ९० देखि ९५ प्रतिशत डिपफेक्स पोर्नका लागि प्रयोग हुन्छन् । ‘यस्ता प्रविधि विशेषगरी पोर्न तथा हिंसाका निम्ति प्रयोग हुने भएकाले यसले महिलालाई नै बढी असर गर्छ’, इभाना बार्टोलेटीले भनेकी छिन् ।
महिलाहरुको स्वाभिमान र उनीहरुको शरीरमा आफ्नो स्वायत्ततालाई यसले असर पुर्याएको बार्टोलेटीले बताएकी छन् ।
डिपफेक्स भिडिओबारे प्रभावकारी कदम चाल्नका निम्ति भारतमा माग भइरहेको छ । आसन्न आम चुनावलाई समेत यसले प्रभाव पार्न सक्ने भन्दै यसप्रति उपयुक्त कदम चाल्ने पक्षमा सरकार रहेको छ । मण्डनाको भिडिओ भाइरल भएसँगै प्रविधिमन्त्री राजीव चन्द्रशेखरले भनेका थिए, ‘अफवाह फैलाउनका निम्ति यस्ता प्रविधि निकै सहयोगी बन्ने भएकाले यस्ता प्रविधि समाजका लागि निकै खतरनाक छन् यसलाइ बन्द गर्नैपर्छ ।’
डिपफेक्सको शिकार राजनीतिककर्मी पनि भइरहेका छन् । ‘डिपफेक्सको प्रभावबारे धेरै मुलुकका सरकारले चिन्तन गरिरहेका छन् । यसले स्वच्छ निर्वाचनमा असर पुर्याउने चिन्ता व्यक्त भइरहेको छ’, बार्टोलेटीले भनेकी छिन् ।
सामाजिक सञ्जालले डिपफेक्स भिडिओ पहिचान गरेर त्यस्ता सामग्रीलाई रोक्नुपर्ने उनको भनाइ छ । सामनाले बीबीसीसँग भनेकी छिन्, ‘यसको शिकार भएकाहरुले आवाज उठाइरेहका छन् । यसमा थोरै पुरुषहरुले साथ दिएका छन् । डिपफेक्सको असर रोक्न पुरुषहरुले अझै साथ दिन जरुरी छ’, उनले भनेकी छिन् ।
प्रतिक्रिया 4