
काठमाडौं । नेपाली ब्रान्ड सोनामले विन्टर सेल अफर सार्वजनिक गरेको छ । २८ मंसिरदेखि सुरु भएको यो अफर १५ पुससम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
व्यक्तिगत प्रयोजन तथा ट्रेकिङका सामग्रीहरुमा वार्षिक विन्टर छुट योजना सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।
सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोशाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।
काठमाडौंको ठमेलस्थित क्वाबहाल र छाया सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडीबुटी चोक, चितवनको सीजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्यूरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा पनि सोनमका सोरुम सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4