+

२६औं एनएसए कप पौडी बुधबार र बिहीबार हुने

२०८० पुष  ९ गते ८:१० २०८० पुष ९ गते ८:१०
२६औं एनएसए कप पौडी बुधबार र बिहीबार हुने

९ पुस, काठमाडौं । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए (नेपाल पौडी संघ) कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ ।

सातदोवाटोस्थित बातानुकुलित (हिटिङ्ग) पौडी पोखरीमा आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुल्ला गरि कुल ५१ विधामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

उमेर समूह अन्तर्गत १० वर्षमुनि, १२ वर्षमुनि, १४ वर्षमुनि र १७ वर्षमुनिको ५० मिटर फ्रिस्टायल, ब्याक स्ट्रोक, बटरफ्लाई र ब्रेष्ट स्ट्रोक तथा ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा प्रतिस्पर्धा गराइनेछ ।

यस्तै खुल्लातर्फ ५० मिटर, १०० मिटर र  २०० मिटर फ्रिस्टायल, ५० मिटर र १०० मिटर ब्याकस्ट्रोक, ५० मिटर र १०० मिटर बटरफ्लाई तथा ५० मिटर र १०० मिटर ब्रेष्ट स्ट्रोक विधामा प्रतिस्पर्धा गरिने छ ।

उमेर समूह र खुल्ला गरि करिव १५० खेलाडीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष बज्राचार्यले बताए । उमेर समूहमा उत्कृष्ट अंक हासिल गर्ने शिर्ष ३ टिमलाई च्याम्पियनसिप ट्रफी प्रदान गरिने छ ।

नेपालमा बातानुकुलित पौडी पोखरीको निर्माण पश्चात नेपाल पौडी संघले पहिलो पटक चिसो मौसममा राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बातानुकुलित पौडी पोखरीको निर्माणले नेपालमा अब सुनसुकै मौसममा पनि प्रशिक्षण गर्न र प्रतियोगिता आयोजना गर्न सकिने भएको छ । जसले आगामी दिनमा नेपाली खेलाडीहरुको क्षमता अभिवृद्धिमा निकैने सहयोग पुग्ने अध्यक्ष बज्राचार्यले बताए ।

नेपाल पौडी संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय