
९ पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा कुल १५ वटा विकास बैंक सूचीकृत छन् । तीमध्ये ७ वटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने दुई वटाले लाभांश नदिने घोषणा गरेका छन् । बाँकी धेरै विकास बैंकले लाभांश दिन सक्ने अवस्था छैन ।
ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । लाभांशमा अधिकांश विकास बैंकले सेयर बोनसलाई प्राथमिकता दिएका छन् ।
लाभांश घोषणा गरेका ७ विकास बैंकमध्ये पनि ३ वटा विकास बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइसकेको छ । सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेकाले अब सेयर खरिद गर्नेले लाभांश पाउँदैनन् ।
बाँकी ४ वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन । अहिले पनि सेयर खरिद गर्नेले यी ४ कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग अधिकार राख्दछन् ।
कुन कुन विकास बैंकले कति घोषणा गरे लाभांश ?
विकास बैंक | सेयर बोनस प्रतिशत | नगद लाभांश प्रतिशत |
साइन रेसुङ्गा (क्लोज्ड) | १०.५ | ०.५५ |
सांग्रिला (क्लोज्ड) | ५ | ०.२६३ |
मितेरी (क्लोज्ड) | ९.५ | ०.५ |
लुम्बिनी विकास | ४ | ४.५ |
गरिमा | ९.५ | ०.५ |
महालक्ष्मी | ० | ६.४ |
मुक्तिनाथ | ९.७५ | ०.५१३ |
प्रतिक्रिया 4