+
+

मध्यरातमा ठड्याइयो पूर्वराजा वीरेन्द्रको सालिक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १२:४४
Photo Credit : Machhapuchhre News

९ पुस, पोखरा । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ ।

शालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो । समितिका सचिव अरुण गिरीले भने, ‘साइत हेराएर राति साढे एक/पौने २ बजेतिर सालिक पुनर्स्थापना गरिएको हो ।’

गिरीका अनुसार पोखरा महानगरपालिका-१० मा पर्ने यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो ।

२०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो । पछिल्ला समय स्थानीयले चोक बुच्चो भयो, सालिक हुनुपर्छ भनेपछि मनवीर गुरुङको अगुवाइमा सालिक पुनर्निर्माण समिति बनाएर काम गरेको गिरीले बताए ।

सालिक राखेपनि अरु काम बाँकी नै रहेको भन्दै गिरीले भने, ‘२०/२५ लाख बजेट लाग्ने अनुमान छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?