
९ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको प्रतिक्रिया दिएको छ ।
डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुले विवादित समयको समेत नियमित बिल तिरिरहेको बताए ।
अहिले थप बिलको मात्र विवाद भएको भन्दै उनले विवाद समाधान गर्नुपर्नेमा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्नु उचित नभएको प्रतिक्रिया दिए ।
उनले लाइन जोडेर विवाद समाधान गर्न समेत माग गरेका छन् । यस विवादमा सरकारले समाधानको पहल गर्न नसकेको गुनासो समेत उनले गरे ।
उक्त अवसरमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले संकटका कारण ३० प्रतिशत मात्र क्षमतामा चलिरहेका उद्योगको बिजुली काटिनु खेदपूर्ण रहेको उनले बताए ।
सरकारले लाइन काटेका उद्योग उत्पादनसँग सम्बन्धित रहेको भन्दै यसले रोजगारीमै असर पर्ने बताए ।
प्रतिक्रिया 4