
काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन अमेरिकामा हुने भएको छ । नेपालीभाषी भुटानी साहित्यकार मित्र प्रधान निर्देशित यो फिल्मको पहिलो चरणको छायांकन नेपाल र भारतमा गरिएको छ ।
निर्देशक प्रधानले बाँकी छायांकन अमेरिकामा हुने जानकारी दिए । नेपालको झापा, इलामसहित भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ लगायतका ठाउँमा फिल्म छायांकन गरिएको थियो ।
फिल्ममा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुषा समाल, बुद्धि तामाङ ‘हैट’, विजय बराल, मेघ सुवेदी, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा लगायतको अभिनय हुनेछ ।
पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको फिल्मले विदेशमा बसोबास गर्ने नेपालीको कथावस्तुलाई उठान गर्छ । साथै नेपाली भाषा, संस्कृति र परम्पराको जगेर्नाको सन्देश दिने निर्देशक प्रधानले बताए ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको फिल्मले संस्कृति जोगाउन नेपाली डायस्पोराको भूमिकाको चर्चा गर्ने पनि निर्देशकको कथन छ । फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समीर मियाँको भीएफएक्स र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।
प्रतिक्रिया 4