+
+

बजेट दुरूपयोगको बेथिति अन्त्य गर्दैछौं : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १८:५२

१० पुस, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरूपयोगको बेथिति अन्त्य हुने बताएका छन् ।

१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन, १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले गर्ने कार्यविधि आइसकेको छ ।’

उनले राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी नगर्ने निर्णय भएको समेत बताए ।

अर्को वर्षदेखि बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुने समेत उनले बताए ।

उनले भने, ‘जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ ।’

अर्थतन्त्रको आवश्यकताअनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर निरन्तर पहल गरेको समेत उनले बताए ।

अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउने र ब्याजदर घटाउने उनले बताए । कार्यक्रममा मन्त्री डा. महतले चितवन गतिशील जिल्ला भएको बताए ।

यहाँका आदिवासी थारुहरुको यो जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको भन्दै उनले संसारभरका पर्यटकका लागि वन्यजुन्त, थारुहरुको संस्कृति र पम्परा आकर्षण बनेको बताए ।

अहिले आर्थिक सूचक सकारात्मक बनेको र विदेशी पर्यटक आगमन बढेको उनले बताए ।

‘सेयर बजार उकालो लागेको छ, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ । विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ, ब्याजदर कम हुँदै गएको, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरुलाई पनि राहत पुग्नेछ । बैंकबाट कर्जा पनि विस्तारै बढिरहेको छ । मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेको छ । यसले बिजनेश व्यापारको लागत कम गर्नेछ,’ उनले भने .

पूर्व–पश्चिम राजमार्ग अब ६ लेनको बन्दै गरेको भन्दै उनले यसले यातायात लागत कम गर्ने र पर्यटनलाई सहयोग गर्ने बताए ।

हेटौंडासम्मको फास्ट ट्रयाक बनिसकेपछि काठमाडौंबाट डेढ घण्टामै पूर्वी चितवन आइपुगिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?