
११ पुस, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन् । बुधबार सहमति जुट्न नसकेपछि केन्द्रीय कार्यालय च्यासलमै मतदान भएको थियो ।
मतदानमा पूर्वउपाध्यक्ष भीम रावल निकट खत्रीले ६७ मत ल्याएर अध्यक्ष जिते । उनसँग प्रतिद्वन्द्वी रहेका रोशनदेव पन्तले ६२ मत ल्याए ।
कमिटीको उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्र साउद, उपसचिवमा पार्वती कठायत खड्का र नरेशबहादुर धमेना चयन भए ।
दुई वर्षअघि चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीसँग पार्टी अध्यक्षमा रावलले प्रतिस्पर्धा गरेका थिए । त्यस यता रावल पार्टी संस्थापनको निर्णयहरु असन्तुष्टि जनाउँदै आएका छन् ।
१४ मंसिरदेखि १८ दिनसम्म चलेको एमालेको मध्यपहाडी संकल्प यात्रामा पनि रावल सहभागी भएका थिएनन् । रावलको गृह जिल्ला अछामको मंगलसेन र साफेबगरमा आयोजित सभामा पनि रावल अनुपस्थित थिए ।
अहिले रावल अछाम केन्द्रित पार्टी गतिविधिमा सक्रिय छन् ।
प्रतिक्रिया 4