
११ पुस, काठमाडौं । उच्च अदालतका न्यायाधीश नवराज थपलिया न्यायपरिषदमा तानिएका छन् । छानबिनको सिलसिलामा उनलाई उच्च अदालत जुम्लाबाट परिषदमा काजमा तानिएको हो ।
‘उहाँलाई केही दिनअघि मात्रै स्पष्टिकरण सोधिएको थियो’ न्यायपरिषदका एक सदस्यले भने, ‘विषयवस्तु गम्भीर भएकाले जवाफ दिनुअघि नै यहाँ झिकाउँ भन्ने कुरा भएपछि काजमा तान्ने निर्णय भएको हो ।’
न्यायाधीश थपलियाका आचरणको विषयमा केही गम्भीर उजुरी परेपछि न्यायपरिषदले सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीमाथि स्पष्टिकरण सोधिएको हो । ती सदस्यका अनुसार, स्पष्टिकरण चित्तबुझ्दो नभए ३ सदस्यीय जाँचबुझ समिति गठन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4