
काठमाडौं । गीतकार बिर्ख गुरुङले गीति संग्रह ‘विधुवा’ सार्वजनिक गरेका छन् । गुरुङको एकल रचना रहेको एल्बममा समावेश ९ गीतमा विभिन्न गायक-गायिकाको स्वर छ ।
अमेरिकाको कोलोराडोमा आयोजित एक समारोहमा साहित्यकार ज्ञानेन्द्र गदालले गीति एल्बम ‘विधुवा’को विमोचन गरे । गीति संग्रहमा शिव परियार, मेलिना राई, राजु लामा, किरण गजमेर, कुशल राईलगायतले स्वर दिएका छन् ।
गीतकार गुरुङले बुबाको निधनपछि आमालाई समर्पित गरेर गीति संग्रह ल्याएको बताए । गीति एल्बमकी निर्माता सुमित्रा गुरुङ हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4