
ग्रिसको राजधानी एथेन्सको तस्वीर ।
१० पुस, काठमाडौं । विभिन्न कारणले ग्रिस पुगेका दुई सय नेपाली अलपत्र परेका छन् ।
राजधानी एथेन्समा रहेका उनीहरुमध्ये कतिपयसँग राहदानी छैन भने कतिपयको म्याद सकिन लागेको त्यहाँबाट चमारसिंह तामाङले बताए । उनले अनलाइनखबरसँग भने, ‘मेरो हकमा राहदानी छ, तर डेट सकिन लागेको छ ।’
एथेन्समा रोमानिया, सर्बिया, साइप्रस लगायतका देशबाट भागेका आएका नेपाली नागरिकहरु अलपत्र रहेको उनले बताए । उनले भने, ‘यहाँ नेपालको दूतावास पनि नहुँदा समस्या भएको हो ।’
अष्ट्रियास्थित नेपाली दूतावासले ग्रिसको पनि हेरिरहेको भएपनि सरकारको निर्देशनबिना आफूहरु आउन सम्भव नहुने जवाफ पाएको तामाङले बताए । ‘उद्दार गरिदिन भन्दै सबैलाई आग्रह गरिरहेका छौं’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4