+
+

नबिल बैंकको ‘नबिल इन्स्ट्यान्ट गोल्ड लोन’ योजना सार्वजनिक, एक घण्टाभित्रै कर्जा पाइने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १८:२२

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ ।

आफूलाई आवश्यक पर्दा विना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरी यो ऋण योजना ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ ।

आवेदन दिएदेखि ऋण प्राप्तीसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ ।

त्यस्तै सुनको लागि निःशुल्क बीमाको व्यवस्था पनि गरिएको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जनाएको छ ।

तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने बैंकले जनाएको छ । जसमा उपत्यका भित्रका ग्राहकहरूका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ भने उपत्यका बाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगञ्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट कर्जा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?