+
+

समाजवादी मोर्चाको संयोजकमा माधव नेपाल नै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते २१:०३

११ पुस, काठमाडौं । चार दल सहभागी समाजवादी मोर्चाले संयोजकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

बुधबार बसेको मोर्चाको बैठकले हाल संयोजकको जिम्मेवारीमा रहेका नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिए ।

मोर्चाको संगठन विस्तार हुन बाँकी रहेका जिल्लामा पुस मसान्तसम्म गठन गरिसक्ने निर्णय गरेको छ । साथै, सम्भव भएका जिल्लामा सन्देश सभा समेत गर्ने निर्णय गरेको छ ।

माघको पहिलो हप्तामा अन्तरक्रिया र १६ माघमा शहीद दिवसका अवसरमा पनि कार्यक्रम गर्ने निर्णय भएको हमालले बताए ।

साथै, संघीयतालाई प्रभावकारी बनाउनका लागि सरकारको ध्यानाकर्षण गर्ने र राजनीतिक प्रकृतिका मुद्दामा अदालतले चालिरहेको कदमका बारेमा समते कसरी अगाडि बढ्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?