
१२ पुस, जनकपुरधाम । सिरहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् ।
फरार अभियुक्त सिरहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गरेको हो ।
खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको थियो ।
फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिरहा नगरपालिका ७ बाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरेको थियो ।
अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4