+

साफ यू-१९ महिला च्याम्पियनसिप : नेपालको पहिलो खेल बंगलादेशसँग

२०८० पुष  १२ गते ११:५३ २०८० पुष १२ गते ११:५३
साफ यू-१९ महिला च्याम्पियनसिप : नेपालको पहिलो खेल बंगलादेशसँग

१२ पुस, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ ।

छैटौं संस्करणको साफ यू-१९ महिला च्याम्पियनसिपमा आगामी फेब्रुअरी २ देखि ८ (माघ १९-२५) बंगलादेशको ढाकामा हुनेछ ।

जसमा नेपाल र साविक विजेता बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष बंगलादेशमै भएको प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

साफले जारी गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २ मा घरेलु टोली बंगलादेशसँग खेल्देछ । यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी ४ मा भुटानसँग र तेस्रो खेल फेब्रुअरी ६ मा भारतसँग खेल्नेछ ।

चार टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा खेल भएपछि अंक तालिकामा शीर्ष दुईमा रहने टोली फाइनल प्रवेश गर्नेछन् ।

फाइनल खेल फेब्रुअरी ८ मा हुनेछ ।

प्रतियोगिताका सबै खेलहरु ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मोस्ताफा कमल (बीएसएसएसएमके) स्टेडियममा हुनेछ ।

यस प्रतियोगिताका लागि नेपाली टिम बनाउन अखिल नेपाल फुटबल संघ एन्फाले खुल्ला छनोटमार्फत खेलाडी छान्ने घोषणा गरिसकेको छ ।

साफ यू-१९ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय