
१२ पुस, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा अब घर नक्सा पास सम्बन्धी सम्पूर्ण प्रक्रिया अनलाइनबाट हुने भएको छ ।
बुधबार चन्द्रागिरि नगरपालिकाले पूर्ण विद्युतीय माध्यमबाट घर नक्सा पास प्रणालीको सुरूवात गरेको हो ।
नगर प्रमुख घनश्याम गिरीले पहिलोपटक विद्युतीय हस्ताक्षर सहितको भवन निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गर्दै उक्त प्रणालीको सुरूवात भएको औपचारिक जानकारी गराए ।
अनलाइन घर नक्सा पास ब्यवस्थापन प्रणाली (ईबीपीएस) अनुसार उक्त सेवा सुरु भएसँगै अब सेवाग्राहीले अनलाइनबाट नै घर नक्सा पासको निवेदन दिन सक्ने र फाइल बोकेर वडा र पालिका धाउनु नपर्ने र छिटो छरितो तथा पारदर्शी सेवा प्राप्त हुने गिरीले बताए ।
‘अब घटना दर्ता लगायत अन्य सेवा पनि अनलाइन प्रणाली मार्फत नै हुन्छ र बिस्तारै नगरपालिकाको सम्पूर्ण सेवा अनलाइन मार्फत प्रदान गर्दैछौं । हामी नगरपालिकालाई पूर्ण रूपमा डिजिटल नगरपालिका बनाउन खोजिरहेका छौं,’ मेयर गिरीले भने ।
प्रतिक्रिया 4