१२ पुस, काठमाडौं । कर्णाली प्रदेशमाथि १० विकेटको जित हात पार्दै बागमती प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको प्लेअफमा पुगेको छ ।
बिहीबार मूलपानी क्रिकेट मैदानमा कर्णाली दिएको ४३ रनको लक्ष्य बाग्मती प्रदेशले मात्र ४.५ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । यशु पाण्डे २५ र हेलिशा गुरुङ १३ रनमा अविजित रहिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १३.४ ओभरमा सबै विकेट गुमाएर ४२ रन बनाएको थियो । उसका लागि श्रुती बुढाले १६ र विना थापाले १२ रन जोडेपनि बाहेक अरु ब्याट्सवुमनले दोहोरो अंक भेट्टाउन सकेनन् ।
उसलाई सस्तैमा समेट्ने क्रममा खुशी डंगोलले ४ विकेट लिइन् भने संस्कृति फुयालको नाममा २ विकेट रह्यो ।
यससँगै प्ले अफमा पुग्ने चार टोलीाको टुंगो लागेको छ । एपीएपल क्लब ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ भने एक खेल बढी खेलेर समान अंक जोडेको कोशी दोस्रो र ८ अंक जोडेको सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा छ । समान अंक जोडेको बागमती चौथो स्थानमा छ ।
प्रतिक्रिया 4