
काठमाडौं । यसवर्ष नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको फिल्म ‘हल्कारा’ ओटीटी प्लाटफर्म अमेजन प्राइममा बुधबार रिलिज भएको छ । विश्वभरको टेरिटोरीबाट हेर्न मिल्ने सुविधामा फिल्मको स्ट्रिमिङ सुरु भएको हो ।
विक्रम सापकोटा निर्देशित यो फिल्ममा महेश त्रिपाठी र बिनिता थापाको शीर्ष भूमिका छ । फिल्मले राम नामक पात्रमार्फत मध्यपूर्वका मुलुकमा नेपाली श्रमिकले भोग्नुपरेको चुनौति र संघर्षको कथा भन्छ । कथाको माध्यमबाट निर्देशक सापकोटाले सामाजिक आयामको कथा पस्किएका छन् ।
सन् २०२३ मा हलमा रिलिज भएको यो फिल्म वर्षकै उत्कृष्ट समीक्षा प्राप्त गरेको फिल्ममध्ये पर्छ । अमेजनमा रेन्ट र बाइ सुविधाअन्तर्गत दर्शकले ‘हल्कारा’ हेर्न सक्नेछन् । रेन्टको मूल्य १० डलर र खरिद मूल्य १५ डलर तोकिएको छ ।
आइसफल र कालीपार स्टुडियोजले निर्माण गरेको यो फिल्म ओस्कारमा अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस भएको थियो । तर, यसैसाताको ओस्कार सर्टलिस्ट मनोनयबाट हल्कारा बाहिरिएको छ ।
प्रतिक्रिया 4