
१२,पुस काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर निजामती कर्मचारी ऐनको विषय छिटो टुंग्याउन माग गरेको छ ।
जाजरकोट भूकम्प पीडितहरुको लागि प्रधानमन्त्री राहत कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका कर्मचारीहरुले निजामती ऐन छिटो ल्याउन माग गरेका हुन् ।
कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले प्रधानमन्त्रीलाई राहत कोषमा रकम जम्मा गर्न गएको अवसरमा ऐनको विषयम कुरा गरेको बताए ।
‘कर्मचारी ऐन नआउँदा कर्मचारीहरु सधैं समस्यामा छन् । हामीले छिटो भन्दा छिटो ऐन ल्याएर कार्यान्वयन गर्न भनेका हौं । अध्यादेश, विधेयक जे बाट ल्याएपनि छिटो ऐन ल्याउन माग गरेका हौं,’ पोखरेलले भने ।
उनले कर्मचारीको उठाएको मुद्दा समेटेर मात्रै ऐन ल्याउनुपर्ने सुनाएको बताए । ‘हामीले भनेपछि प्रधानमन्त्रीज्यूले पनि छिटै ऐन आउने आश्वासन दिनुभएको छ,’ पोखरेलले भने ।
प्रतिक्रिया 4