
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट निस्किएपछि अभिनेता रावत ।
काठमाडौं । नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्न चर्चित भारतीय अभिनेता प्रदीप रावत शुक्रबार काठमाडौं आइपुगेका छन् । इण्डिगो एयरलाइन्सको जहाज चढेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए ।
चितवनमा छायांकन भइरहेको फिल्मको सेटमा रावत सहभागी हुनेछन् । अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा रावतको भूमिका लामै रहेको बताइएको छ ।
तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4