+
+

सिरहाबाट जारी ६ नक्कली नागरिकता रद्द

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १६:१७

१३ पुस, काठमाडौं । सरकराले सिराहा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका ६ वटा नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

‘झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिराहाबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताका प्रमाणपत्र रद्द गरी निजहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय भएको छ’, मन्त्री शर्माले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?