
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मर्यादाक्रमको विषय उठेको छ । केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा नेता मधु आचार्यले मर्यादाक्रमको विवाद अन्त्य गर्ने माग गरेका हुन् ।
‘यति पुरानो पार्टी आसन र भाषणका निम्ति अल्झिने, रुमल्लिने स्थिति बन्न हुँदैन,’ बैठकमा आचार्यले भने, ‘जिल्ला, प्रदेशमा साथीहरुले कार्यक्रम गर्न असजिलो भइसक्यो । पार्टीले मर्यादाक्रमको खाका यथाशीघ्र बनाओस् ।’
मर्यादाक्रमको विवादले गर्दा उपसभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला एउटा उपस्थित भएका कार्यक्रममा अर्को नेता नजाने अवस्था बनेको छ ।
वरियता विवादकै कारण गण्डकी र लुम्बिनीको प्रदेश सम्मेलनमा उपसभापति खडका उपस्थित भएनन् । खड्का उपस्थित भएका मधेसको सम्मेलनमा नेता कोइराला सहभागी भएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4