+
+

सिरहामा जलेको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १६:५४

१३ पुस, जनकपुरधाम । सिरहामा पराल हालेर जलाएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका ६ स्थित गागन खोला जलाएको अधकल्चे अवस्थामा अन्दाजी २५/२६ वर्षीय युवकको शव फेला परेको हो ।

सिरहाका प्रहरी उपरीक्षक टेकुइवा लिम्बुका अनुसार आज शुक्रबार बिहान ११ बजेतिर स्थानीयबासिन्दाले अर्धकल्चो जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पराल झारपातले शव जलाउन खेजिएको जस्तो देखिएको एसपी लिम्बुले बताए ।

मृतकको पहिचान खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ ।

घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतारहतार जलाउने खोजेको जस्तो देखिएको प्रहरीको भनाइ छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको एसपी लिम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?