
काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री उपासनासिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको फिल्म ‘हात्तीछाप’को ‘मायालु’ गीत सार्वजनिक गरिएको छ ।
हर्क साउदको शब्द, उज्ज्वल सागरको संगीत र प्रताप दास र ममता गुरुङको स्वर रहेको यो गीतले प्रेमको भावना साटासाट गर्छ । गीतमा दया र उपासनाको रोमान्टिक प्रेम छल्किएको छ ।
दयाहाङ र उपासनासहित सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोलाको समेत अभिनय छ ।
फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्म माघको २६ गतेबाट रिलिज हुँदैछ । निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्वाजको लेखन, देव महर्जनको एक्सन र सुशन प्रजापतिको छायांकन छ ।
किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन् । सरोज नेपाली फिल्मका कार्यकारी निर्माता हुन् ।
प्रतिक्रिया 4