+

सुदूरपश्चिमसँग पराजित हुँदै गण्डकी बाहिरियो

२०८० पुष  १४ गते १२:५८ २०८० पुष १४ गते १२:५८
सुदूरपश्चिमसँग पराजित हुँदै गण्डकी बाहिरियो

१४ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग पराजित हुँदै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा गण्डकीलाई सुदूरपश्चिम प्रदेशले २४ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १०३ रनमात्रै बनापछि सुदूरपश्चिम २४ रनले विजयी भयो ।

गण्डकीकी सुमन खतिवडाले सर्वाधिक ४९ रनमा अविजित रहिन् । उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । ओपनर सिर्जना पौडेल र सिमाना केसीले क्रमश १५ र १९ रन बनाए । ज्योत्सनिका मरासिनीले १२ बलमा २ चौकासहित १५ रन बनाइन् । कुसुम गोदार १ रनमा अविजित रहिन् ।

सुदूरपश्चिमका लागि रितु कनौजिया र लक्ष्मी साउदले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २६ रन बनाइन् । उनले ११ बलमा ६ चौका प्रहार गरिन् । रेवती धामीले १८, लक्ष्मी साउदले १६ रन बनाइन् । रितु कनौजिया र अनु खडायत क्रमशः २१ र २ रनमा अविजित रहे ।

गण्डकीका लागि कुसुम गोदार र रचना चौधरीले समान २/२ विकेट लिए । सुमन खतिवडाले १ विकेट लिइन् ।

गण्डकीले प्रतियोगितामा १ मात्र जित हात पार्‍यो भने ६ खेलमा पराजय बेहोर्दै प्रतियोगिता सकाएको छ ।

सुदूरपश्चिम भने यसअघि नै प्लेअफ पुगिसकेको छ । सुदूरपश्चिमले ७ खेलमा ५ जित र २ हार बेहोरेको छ ।

प्रधानमन्त्री कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय