
गुरुङ पहिरनमा गायिका तृष्णा गुरुङ, अभिनेत्री नीति शाह र गायिका तथा चिकित्सक त्रिशला गुरुङ
काठमाडौं । विश्वभर छरिएका तमु (गुरुङ) समुदायले आइतबार तमु ल्होसार मनाउँदैछन् । सेलिब्रिटीले समेत तमु ल्होसारको अवसरमा गुरुङ पोशाकमा सजिएर सौन्दर्य छरेका छन् ।
पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, अभिनेत्री रिश्मा गुरुङ, गायिकाहरु तृष्णा गुरुङ, त्रिशला गुरुङ र प्रविशा अधिकारीले सामाजिक सञ्जालबाट आकर्षक तस्वीर सेयर गर्दै ल्होसारको शुभकामना दिएका छन् ।
संस्कृतिप्रति सेलिब्रिटीको यो अभिरुचि लोभलाग्दो देखिन्छ । नीतिले गुरुङ गाउँमा पुगेर नाचगान गर्दै गरेको फोटो सेयर गरेकी छिन् । उनी गुरुङ समुदायका महिलासँग रमाउँदै गरेको देख्न सकिन्छ ।
नीति चाँडै एक फिल्मबाट डेब्यु तयारीमा छिन् । रिश्माले चाँडै दयाहाङ राईसँग एक फिल्ममा काम गर्दैछिन् । अन्य गायिकाहरु भने सांगीतिक टुरदेखि गीत रिलिजको तयारीमा जुटेका छन् ।
तस्वीरहरु : सामाजिक सञ्जाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4