
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
सर्वसाधारणमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बैंकले जाएको छ ।
१७ पुसदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा भई १७औं वर्षमा प्रवेश गर्दैछ ।
काठमाडौंमा आयोजित प्रभातफेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापन सहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4