+
+

पोखरामा कृषि यन्त्र तथा प्रविधि प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १८:०५
फाइल तस्वीर

१५ पुस, काठमाडौं । कृषिमा यान्त्रिकीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधिसम्बन्धी प्रदर्शनी हुने भएको छ । २०-२२ पुससम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा गण्डकी प्रदेशस्तरीय प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले यसअघि राष्ट्रियस्तरमा कृषि यन्त्र र प्रविधिसम्बन्धी एक्स्पो गर्दै आएको थियो । यस पटकदेखि प्रादेशिकस्तरमा पनि एक्स्पोको सुरुवात गरिएको नामियाको अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।

एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार र उपकरण र यन्त्र तथा सेवाहरुका बारे जानकारी गराउने, नीति निर्माता तथा उपभोक्ताहरुलाई कृषि यान्त्रिकीकरण प्रविधिसम्बन्धी चेतना जगाउने, प्रविधिको प्रवर्द्धनमा योगदान पुर्‍याउने र कृषि यान्त्रिकीककरण प्रविधि तथा सेवाको आन्तरिक बजारको विकास गर्ने आयोजकले बताएको छ ।

कृषियन्त्र, उपकरणहरुको प्रवर्द्धनमा वृद्धि भई कृषि यान्त्रिकीकरणमा सहयोग पुर्‍याउनु, कृषि यान्त्रिकीकरण व्यवसायी र उपभोक्ताबीच समन्वय गर्नु, व्यावसायिक कृषि प्रणालीसम्बन्धी चेतना अभिवृद्धि गर्नु तथा लगानीको अवसर सृर्जना गर्नु समेत प्रदर्शनीको उद्देश्य रहेको कार्यक्रममा जानकारी दिइयो ।

प्रदर्शनीमा आधुिनक कृषि, पशुपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामग्री, बिउबिजन, आधुनिक सिँचाइ लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका कम्पनीले भाग लिने भएका छन् ।

मेलामा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रर्वद्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले आयोजकको रुपमा सघाएका छन् । ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (रीड), हरिहरभवन, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप), हरिहरभवन र नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी), हरिहरभवन, ललितपुर र राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरले पनि यस कार्यक्रममा सहयोगीरुपमा सहकार्य गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि मेलालाई प्रवर्द्धन गर्ने भएको छ । प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरु रहने भएका छन् । करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?