+

अलराउन्डर सुमन क्रिकेट खेल्न अष्ट्रेलिया जाँदै

२०८० पुष  १५ गते १८:४० २०८० पुष १५ गते १८:४०
अलराउन्डर सुमन क्रिकेट खेल्न अष्ट्रेलिया जाँदै

१५ पुस, काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा अलराउन्ड प्रदर्शन गरेकी सुमन खतिवडा अष्ट्रेलिया जाने भएकी छन् ।

अष्ट्रेलियामा सिड्नी युनिभर्सिटीको टिमबाट क्रिकेट खेल्न उनी २५ पुस अर्थात १० जनवरीमा त्यसतर्फ जाँदैछिन् । उनीसँगै गण्डकी प्रदेशबाट खेल्दै आएकी शीला क्षेत्री पनि अष्ट्रेलिया जानेछिन् । दुवैले सिड्नी युनिभर्सिटीको टिमबाट खेल्नेछन् ।

गत वर्षको प्रधानमन्त्री कपमा व्यक्तिगत कारणले खेल्न नपाएकी सुमनले यसवर्ष गण्डकी प्रदेशबाट ब्याटिङमा ७ खेलमा २१२ रन र बलिङतर्फ ७ विकेट लिएकी छिन् ।

सुमनले नेपालमा खेल्ने अवसर कम भएकाले खेल्नकै लागि अष्ट्रेलिया जान लागेको अनलाइनखबरलाई बताइन् । ‘उता गएर पनि खेल्ने नै हो । यदि टिमले चाहेको खण्डमा नेपाल आउन पर्‍यो भने आउँछु’, उनले भनिन् ।

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी सुमनले राष्ट्रिय टिममा भने हाल मौका पाएकी छैनन् । उनले २०१९ मा भएको दक्षिण एसियाली खेलकुदको दौरान माल्दिभ्ससँग खेल्दै नेपालको लागि एक मात्र अन्तर्राष्ट्रिय खेल खेलेकी छिन् ।

उनले उक्त खेलमा २ ओभर बलिङ गर्दै १ मेडनसहित १ विकेट लिएकी थिइन् । ब्याटिङमा भने उनले मौका पाइनन् ।

अष्ट्रेलिया सुमन खतिवडा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय