+

फुलहमसँग हारेपछि आर्सनलले शीर्षमा पुग्ने मौका गुमायो

२०८० पुष  १६ गते ८:३० २०८० पुष १६ गते ८:३०
फुलहमसँग हारेपछि आर्सनलले शीर्षमा पुग्ने मौका गुमायो

१६ पुस, काठमाडौं । प्रिमियर लिगमा आइतबार भएको खेलमा फुलहमले आर्सनललाई २-१ ले पराजित गरेको छ ।

सुरुवाती अग्रता लिएर त्यसलाई जोगाउन नसक्दा आर्सनलले खेल् जित्दै शीर्ष स्थानमा पग्ने अवसर समेत गुमाएको छ ।

फुलहमको मैदानमा भएको खेलमा बुकायो साकाले पाँचौ मिनेटमै गोल गरी अग्रता दिलाएका थिए । तर, लामो समय त्यो अग्रता टिकेन ।

२९औं मिनेटमा राहुल जिमिनेजले फुलहमका लागि बराबरी गोल फर्काए ।

५९औं मिनेटमा डेकोर्दोभा रेइडले गोल गर्दै फुलहमलाई २-१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुँदा आर्सनल पराजित भयो ।

जितपछि फुटबल २० खेलबाट २४ अंकसहित १३औं स्थानमा छ ।

हारपछि आर्सनल २० खेलबाट ४० अंकसहित चौथो स्थानमै छ । म्यान सिटी समान अंक भए पनि आर्सनल गोल अन्तरमा पछि छ ।

लिग लिडर लिभरपुलको १९ खेलबाट ४२ अंक र५ भने एक खेल बढी खेलेको एस्टन भिल्लाको पनि उति नै अंक छ ।

अर्को खेलमा टोटनहमले एएफसी बर्नमाउथलाई ३-१ ले हरायो । टोटनहमको २० खेलबाट ३९ अंक भएको  छ ।

आर्सनल फुलहम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय