+
+
ईपीएस परीक्षा :

सीप बिल्डिङमा फेल भएकाले पनि भरे उत्पादनमूलकका लागि फारम (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०८० पुष १६ गते १३:२२

१६ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पानी जहाज निर्माणको परीक्षामा अनुत्तीर्ण भएकाहरुको फाराम अर्को क्षेत्रका लागि पनि लिएको छ ।

ग्वार्कोस्थित कोरिया शाखामा पुगेर परीक्षार्थीहरुले आजदेखि उत्पादनमूलक क्षेत्रमा आवदेन फारम भरिरहेका छन् ।

यसअघि पानी जहाज क्षेत्रका लागि लिइएको भाषा परीक्षामा अनुत्तीर्ण भएकालाई अन्य क्षेत्रका लागि फारम भर्न नदिइएपछि परीक्षार्थीहरुले विरोध प्रदर्शन गरेका थिए ।

एक वर्षभित्रै परीक्षामा भाग लिएका व्यक्तिहरूलाई उत्पादन क्षेत्रको अर्को परीक्षामा सहभागी नगराउने व्यवस्थाविरुद्ध १८ जनाले उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले निवेदक १८ जनालाई परीक्षा फारम भर्न दिन आदेश दिएको थियो ।

तर परीक्षार्थीहरुले सबैले परीक्षा फारम भर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका थिए । सोही क्रममा यही पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीसँगको भिडन्तमा  दुई युवाको ज्यान गएको थियो । आक्रोशित समूहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेको थियो ।

त्यस घटनालगत्तै सबैलाई फारम भर्न दिने निर्णय ईपीएस कोरिया शाखाले गरेको थियो । अहिले शान्तपूर्वक परीक्षार्थीहरुले फारम भरिरहेका छन् ।

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?