
काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।
सरोजकै प्रस्तुति रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन् । अङ्ग्रेजी नयाँवर्ष २०२४ को अवसरमा सार्वजनिक रोमान्टिक स्वादको गीतमा वरुण र कुसुमको जोडी सुहाएको छ ।
कलाकार अधिकारीले टेलिसिरियल, म्युजिक भिडियो र फिल्मको निर्देशन समेत गरिसकेका छन् । केही समययता उनी अमेरिकामा बसोबास गर्दै आएका छन् ।
गीत सार्वजनिक पछि बरुणले भने- ‘पछिल्लो पुस्ताको माया प्रेमको कथालाई समेटेर म्युजिक भिडियो निर्माण गरेका छौँ । आशा छ कुसुम र मेरो रिलको जोडिलाई दर्शकले मन पराउनुहुनेछ । राम्रो मिहेनत गरेका छौँ । परिणाम पनि राम्रो हुन्छ भन्ने आशा छ ।’
ए वान म्यूजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतमा रत्न बिकको फ्लयुट र राजेश श्रेष्ठको रेकर्डिङ छ ।
साजन कट्टेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा पुनम चौधरीको मेकअप, दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन र सरोज पोखरेलको कन्सेप्ट छ ।
प्रतिक्रिया 4