
काठमाडौं । भक्तपुरको कौशलटारस्थित यज्ञशाला नेपालले सोमबार ‘यज्ञशाला भजन साँझ’ गरेको छ । युवाहरुमा भजन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको यज्ञशाला नेपालले जनाएको छ ।
आयोजकका अनुसार यज्ञशाला भजन साँझ नयाँ वर्षको उत्सवको एक अंग मात्र नभएर नयाँ सुरुवात मनाउने एउटा नयाँ र फरक तरिका पनि हो ।
दुई घण्टा लामो कार्यक्रममा उज्ज्वल सागर, रोशन भसिमा, विष्णु देव, प्रसुन संग्रौला, विजय साधक, आरजु पराजुली र नियति पराजुलीले प्रस्तुति दिए । उनीहरुले भक्तराज आचार्य, अनुप जलोटा, लता मंगेशकर लगायतका भजनहरु प्रस्तुत गरेका थिए ।
‘हामी छिट्टै भजन महोत्सव आयोजना गर्ने योजनामा छौं । आजको भजन साँझ एकदमै राम्रो सुरुवात भएको महसुस गरेका छौं,’ यज्ञशाला नेपालका संस्थापक जेसन अधिकारीले भने, ‘हामीले यस यज्ञशाला भजन साँझलाई पनि निरन्तरता दिनेछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4