+
+

सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १२:३८

१७ पुस, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार, तेजावी सुनको मूल्य १ लाख २० हजार ४ सय र चाँदीको मूल्य १ हजार ४६० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५००, तेजावी सुनको मूल्य १ लाख १९ हजार ९०० र चाँदीको मूल्य १ हजार ४५५ रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?