
१६ पुस, काठमाडौं । माओवादी केन्द्रले ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ सफल भएको दाबी गरेको छ ।
मंगलबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष अग्नि सापकोटाले कार्यकर्तामा जागृती आएको र जनतामा आश पलाएको बताए ।
चुनावको बेलामा मात्र होइन, माओवादी अरु बेलामा पनि आए भनेर जनतामा आशाको झिल्का पैदा भएको उनले बताए । ‘बनेको ठाउँका सक्रिय थिएनन्, अहिले सक्रिय भएका छन् । नबनेको ठाउँमा बनेका छन्’ उनले भने, पार्टीबाट हुने पलायन पनि अन्त्य भएको छ ।’
अभियानका क्रममा पुराना कार्यकर्ता सक्रिय भएको र नयाँ प्रवेश पनि भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4