
सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घले ।
१७ पुस, काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १० जना विरुद्ध मुद्दा दायर गरेको छ ।
भन्सार कार्यालयले जिल्ला अदालत काठमाठौंमा एक अर्ब ४० करोड रुपैयाँ विगो मागदावी सहित मुद्दा दायर गरेको हो ।
२१ मंसिरमा फ्लाई दुबईबाट काठमाडौं आउदै गरेका चन्द्र घलेले ज्याकेटभित्र लुकाएर १४ किलो सुन ल्याएका थिए ।
प्रमुख भन्सार अधिकृत मणिराम पौडेलका अनुसार, सरकारी वकिलको कार्यालयबाट मुद्दा चल्ने निर्णय गराई भन्सार कार्यालयले नै मुद्दा दायर गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4