+
+

बालकुमारी घटनामा मुछेकोमा प्रधानमन्त्रीसँग मन्त्री ज्वालाको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २०:२४

१७ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनामा आफूलाई दोषीका रुपमा देखाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा गृहमन्त्री र प्रहरी प्रमुखले मन्त्रीको गाडी नपुगेको भए परिस्थिति त्यस्तो नहुने बताएका थिए । त्यसको भोलिपल्ट मंगलबार बिहान आफ्नो पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाललाई लिएर मन्त्री ज्वाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

उनले गृहमन्त्रीले दोषजति आफूतिर सोझ्याएर जोगिन खोजेको गुनासो गरेका थिए । ईपीएस कोरिया शाखाका कारण विवाद उत्पन्न भएको र सुरक्षा व्यवस्थामा भएको कमजोरीका कारण दुर्घटना हुन पुगेको मन्त्री ज्वालाले बताएका छन् ।

‘ईपीएसका कारण समस्या उत्पन्न भयो, दुई पक्षको झडपमा मसँग जोडिंदैन’ उनले प्रधानमन्त्रीसँग भएको संवादबारे भने, ‘त्यहाँको परिस्थिति थाहा नभएर हाम्राे गाडी बाटोमा आयो ।’ प्रदर्शनकारीले रोकेपछि आफूहरु गाडी छाडेर आएको र सुरक्षा निकायले त्यसको सुरक्षा गर्न नसकेको मन्त्री ज्वालाले बताए ।

यसमा जिम्मेवार निकायले आफूलाई देखाएर कमजोरी लुकाउन खोजेको उनको गुनासो छ । शुक्रबारको घटनापछि मृतकका परिवारलाई संवादमा ल्याउने र सहमति गराएर परिस्थितिलाई सामान्यीकरण गर्न आफूले भूमिका खेलेको भए पनि राज्य व्यवस्थामा घटना आफूतिर सोझ्याउन खोजेको मन्त्री ज्वालाले गुनासो गरे ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने परिस्थिति एकाध दिनमा सहज हुने बताएका थिए । साथै भौतिक पूर्वाधार ठूलो बजेट र परियोजनाहरु जोडिएको मन्त्रालय भएकाले कामको गति झन् बढाउन आग्रह गरेको मन्त्री ज्वालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?