+
+

सूर्य दर्शन ठगी प्रकरणमा वडाध्यक्ष नै थुनामा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १९:१०

१७ पुस, काठमाडौं । सूर्य दर्शन ठगी प्रकरणमा सोमबार थुनामा राख्न अदालतले आदेश दिएको सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी वडाध्यक्ष तथा गाउँपालिकाको प्रवक्ता नै भएको खुलेको छ ।

रामेछानको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ मा दर्माली माओवादीबाट अध्यक्ष निर्वाचित भएका थिए । उनलाई गाउँपालिकाको प्रवक्ताको जिम्मेवारीसमेत दिइएको पाइएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

पक्राउ पुर्जी हुनु केही दिनअघि वडा सदस्य कल्पना पाण्डेलाई कार्यवाहक दिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?