+
+

जापानमा दुई विमान ठोक्किँदा भीषण आगलागी, ५ जनाको मृत्यु

रासस रासस
२०८० पुष १७ गते १९:१४

१७ पुस, काठमाडौं । जापानको हनेडा विमानस्थलको रनवेमा दुई विमान ठोक्किदा ५ जनाको मृत्यु भएको छ ।

जापान एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा तटरक्षक विमानसँग ठोक्किएर आगलागी भएको थियो । भीषण आगलागी भएको विमान रनवेमा गुडेको भिडियो फुटेजहरुमा देखिन्छ । यद्यपि विमानमा रहेका सबै ३७९ यात्रु र चालक दलका सबै सदस्यलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

तर तटरक्षक विमानमा रहेका ६ जनामध्ये ५ को मृत्यु भएको छ । चालक घाइते छन् ।

जापान एयरलाइन्सको फ्लाइट ५१६ सापोराको न्यू छिटोस एयरपोर्टबाट स्थानीय समयअनुसार १६ः०० बजे उडेको थियो र हनेडा एयरपोर्टमा १७ः४० मा अवतरण गर्ने तालिका थियो । तर जापानको सरकारी टीभी एनएचकेमा सार्वजनिक फुटेजमा विमानको झ्यालबाट धुवाँ आएको देखिन्छ ।

विमान तटरक्षक विमानसँग कसरी र कुन बेला ठोक्कियो भने प्रष्ट छैन । सुरुमा जापान एयरलाइन्सले अवतरणका क्रममा ठोक्किएको बताएको थियो ।

तटरक्षक विमान सोमबार गएको भूकम्प प्रभावितहरुको उद्दार तथा राहतका लागि निगागा एयरपोर्ट जाँदै थियो । जापानको तटरक्षकले दुई विमान कसरी ठोक्कियो भनेर जाँच भइरहेको बताएको छ । उनले घटनापछि हनेडा विमानस्थलबाट हुने सबै उडार रद्द गरिएको बीबीसीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?