
१७ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई दुई लाख दिने भएको छ ।
प्रदेश सरकारले मंगलबार मृतक रावतको परिवालाई दुई लाख रकम दिने घाेषणा गरेकाे सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
महावु गाउँपालिका–६ का रावतको शुक्रबारको बालकुमारीमा भएको आन्दोलनका क्रममा मृत्यु भएको थियो । मंगलबार नै रावतको अन्त्येष्टि दैलेखमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4