+
+

सत्ता गठबन्धनले साँझ ५ बजे एमालेसँग छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते ११:३१
फाइल तस्वीर

१८ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्ने भएका छन् । एमालेसँग साँझ पाँच बजे छलफल गर्ने तयारी छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । यो छलफलमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक आज अपराह्न तीन बजे बस्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । त्यसपछि साँझ ५ बजे फेरि नेकपा एमालेसँग संयुक्त बैठक बस्ने ती नेताले बताए ।

बुधबार बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?