+
+

‘लुसु’बाट फिल्म निर्देशनमा डेब्यु गर्दै नवराज

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते २०:०९

काठमाडौं । अभिनेता नवराज श्रेष्ठले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘लुसु’ राखिएको छ । दि पाल्म ग्रुपको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता शेखर लामा छन् । निर्माताले चलचित्र बिकास बोर्डबाट निर्माण इजाजत लिएका छन् ।

सामाजिक कथावस्तुमा फिल्म बन्न लागेको हो । नेपाल र अमेरिकामा छायांकन हुने फिल्मको यतिबेला प्रि-प्रोडक्सनको काम भइरहेको छ । फागुनबाट छायांकन थाल्ने तयारी छ ।

मुख्य कलाकार र प्राविधिक केही दिनमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले जनाएका छन् । अभिनयबाट सँगालेको अनुभव र सिकेको ज्ञानलाई निर्देशनमा सदुपयोग गर्ने श्रेठले जनाए ।

सन् १९९४ को फिल्म ‘बादल’बाट अभिनय यात्रा थालेका श्रेष्ठले ‘जन्मभूमी’, ‘गुड लक’, ‘स्काउट’ लगायतमा अभिनय गरेका छन् । म्युजिक भिडियो तथा बिज्ञापनमा पनि श्रेष्ठले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?