
१९ पुस, रौतहट । रौतहटको गढीमाई नगरपालिमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गढीमाई नगरपालिका-६ धर्मपुरमा भएको दुर्घटनामा २२ वर्षीय चालक रंजितकुमार पंडितको मृत्यु भएको हो ।
माधवनारायण नगरपालिका-३ का २२ वर्षीय पंडित सो ट्रयाक्टरका साहु समेत हुन् । उनी आफैंले चलाइरहेको ट्रयाक्टर वाग्मती नदीको पुल नजिक भित्री सडक खण्डमा पल्टिएको थियो ।
वाग्मती नदीबाट बालुवा बोकेर धर्मपुरतर्फ आउँदै गरेको ना२त ८५०८ नम्बरको सो ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4