+
+

सुनको मूल्य तोलामा १३ सयले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते ११:०२

१९ पुस, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँ घट्दा चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख २० हजार २ सय र चाँदीको मूल्य १ हजार ४ सय ५० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?