
मेरापिक हिमाल/फाइल तस्वीर
१९ पुस, काठमाडौं । सरकारले २७ वटा हिमालको व्यवस्थापन गरिरहेको नेपाल पर्वतारोहण संघको अधिकार नवीकरण गरेको छ ।
मन्त्रिपरिषद् बैठकले अघिल्लो महिना २७ हिमालको व्यवस्थापनको अधिकार नेपाल पर्वतारोहण संघलाई नै दिने गरी अधिकार नवीकरण गरेको हो ।
यो नवीकरणको अवधि ५ वर्षको हुने छ । यसअघि २०७५ सालमा सरकारले २७ वटा हिमालको व्यवस्थापनको अधिकार संघलाई दिएको थियो ।
चुली इस्ट (६५८४ मि), हिउँचुली (६४३४ मि), मेरापिक (६४७० मि), लोबुजे (६०९० मि) लगायतका हिमाल प्रवर्द्धनसँगै रोयल्टी संकलनको काम समेत अहिले संघले गर्दै आएको छ ।
संघले अग्ला हिमालहरु चढ्नु अघि तालिमका रुपमा प्रयोग गर्न सकिने सानो उचाइका हिमालहरुलाई व्यवस्थापन गर्दै आइरहेको छ ।
संघले सरकारसँग थप हिमाल समेत व्यवस्थापनमा दिन माग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4