
१९ पुस, काठमाडौं । कोस्टारिका सरकारले डा. मनिष थापालाई नेपालका लागि कोस्टारिकाको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ ।
नेपाल र कोस्टारिकाबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिंदै कोस्टारिका सरकारले डा. थापालाई नेपालका लागि कोस्टारिकाको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो ।
यो नियुक्तिले दुई देशबीचको व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा सहकार्य र सम्बन्धलाई सुदृढ पार्ने महत्वपूर्ण कदम रुपमा हेरिएको छ ।
नेपाल र कोस्टारिकाबीच १६ अगस्ट १९७७ मा पारस्परिक विश्वास, मित्रता र सद्भावनामा आधारित कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
डा. थापाको अवैतनिक वाणिज्यदूतमा नियुक्तिले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिको महत्त्वलाई जोड दिने विश्वास गरिएको छ ।
डा. थापाको नियुक्तिसँगै दुई देशबीचको आपसी सहकार्यले व्यापार, पर्यटन र शिक्षाजस्ता प्रमुख क्षेत्रहरूको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कोस्टारिका सरकारले डा. थापालाई बधाइ दिंदै नेपालसँग समृद्ध साझेदारीको अपेक्षा गरेको जनाएको छ।
अक्टोबर २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कोस्टारिकाको उच्चस्तरीय आधिकारिक भ्रमणलाई डा. थापाले सहजीकरण गरेका थिए । सो समयमा उनी कोस्टारिकाको संयुक्त राष्ट्रसंघीय युनिभर्सिटी फर पिसमा प्राध्यापकको रूपमा कार्यरत थिए ।
डा. थापाले सरकारी अधिकारीहरू, व्यवसायी नेताहरू र सांस्कृतिक संस्थाहरूसँग सहकार्य र वृद्धिका नयाँ मार्गहरू खोज्न सक्रिय रूपमा संलग्न हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4