+
+

‘स्पाइडरम्यान’ जोडी अलग भएको चर्चा, जब जेन्डायाले सबैलाई ‘अनफलो’ गरिन्

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १३:२५

काठमाडौं । जेन्डाया र टम हल्याण्डको लोकप्रिय जोडी अलग भएको खबरले विश्व तरंगित भएको छ । अन्तर्राष्ट्रिय मिडियाले समेत प्राथमिकताका साथ यो गसिप छापिरहेका छन् ।

२७ वर्षीया अभिनेत्रीले साथी, को–एक्टर र प्रेमी समेत रहेका हल्याण्डसहित सबै जनालाई इन्स्टाग्रामबाट अनफलो गरेपछि यो चर्चा सुरु भएको हो ।

यो अनफलोबारे कुनै प्रष्टीकरण नदिइकन जेन्डायाले आगामी फिल्म ‘च्यालेन्जर्स’को पोस्टर मात्र सार्वजनिक गरेकी छन् । ‘च्यालेन्जर्स अप्रिल २६ मा आउँदैछ,’ उनी लेख्छिन्, ‘सबै जनालाई नयाँ वर्षको हार्दिक शुभकामना ।’

अक्टोबर २०२१ मा पिपुल म्यागजिनसँगको अन्तर्वार्तामा जेन्डायाले सामाजिक सञ्जाल प्रयोगबारे कुरा गर्दै आफ्नो मानसिक शान्ति र विश्रामका लागि आफूले यसो गर्ने बताएकी थिइन् ।

‘सोसल मिडियामा हुनुले मलाई एक प्रकारको चिन्तित बनाउँछ वा म अलि धेरै सोच्न थाल्छु,’ एमी अवार्ड विजेताले भनिन्, ‘मेरा शुभचिन्तक म खुसी भएको र सामाजिक सञ्जालबाट पर रहेको हेर्न चाहन्छन् ।’

यस्ता भावना पैदा भए ब्रेक लिन उनको सल्लाह छ । ‘आफूलाई चाहिएको बेला समय लिनुस् र आफूलाई अरू कसैसँग तुलना नगर्नुहोस्,’ उनले भनेकी छन् ।

भग इटालीको जुलाई २०२२ को अंकको कभर अन्तर्वार्तामा अभिनेत्री जेन्डायाले भनिन्, ‘मेरा फयानले वास्तवमै म मानव हुँ, कट्टर व्यक्ति पनि हुँ भनेर बुझेका छन् । उनीहरू म खुसी भएको चाहन्छन् र म उनीहरूबाट आनन्द महसुस गर्छु । तिनीहरू साँच्चै मेरो सीमा र चीजको सम्मान गर्छन्, जसलाई मैले अलि बढी गोप्य राख्न र मेरो लागि राख्न रोजेको छु ।’

एली म्यागजिनको सेप्टेम्बर २०२३ अंकको लागि उनको कभर अन्तर्वार्तामा जेन्डायालाई प्रेमी र लामो समयदेखिका ‘स्पाइडर-म्यान’ को-स्टार हल्याण्डसँगको सम्बन्धमा सार्वजनिक चासोको बारेमा सोधिएको थियो ।

‘मेरो जीवनको अंशलाई म स्वीकार गर्छु, यो सार्वजनिक हुनेछ,’ उनले भनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?