+
+

एमालेमा ६ जना केन्द्रीय सदस्य मनोनित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १७:३९

२० पुस, काठमाडौं । नेकपा एमालेले ६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । एमाले सचिवालयको शुक्रबार बसेको बैठकले ५ पूर्व प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका बिनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई केन्द्रीय सदस्य मनोनित गरिएको छ ।

यस्तै झापा जिल्ला अध्यक्ष दीपक थापालाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?