+
+

क्यानडा र हङकङको चेम्बरसंग लुम्बिनी चेम्बरको सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २१ गते १३:३३

२१ पुस, बुटवल । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले र हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, क्यानडाको हिन्दू चेम्बर अफ कमर्स तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका बीच आपसमा साझेदारी गरेको छ ।

नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

भेटवार्तामा लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष टंकप्रसाद पोखरेल र नेपाल क्यानाडा चेम्बरका अध्यक्ष विजय पौडेल तथा हिन्दू चेम्बर अफ कमर्स क्यानाडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

यसअघि गत महिना नेपाल चेम्बर अफ कमर्स हङकङका प्रतिनिधिसंग लुम्बिनी चेम्बरका अध्यक्ष पोखरेलले समझदारी गरेका थिए । उक्त समझदारी पत्रमा हङकङ चेम्बरका तर्फबाट सभापति लाल बहादुर गुरुङले हस्ताक्षर गरेका थिए ।

तीनवटै चेम्बरसंग भएका समझदारीमा आपसमा सहकार्य गर्ने, अन्तर्राष्ट्रिय मञ्चहरुमा लुम्बिनी चेम्बरलाई सहभागी गराउन पहल गर्ने, तालिम, छलफल, गोष्ठी र अन्तर्क्रियाहरुलाई नियमित बनाउने, अनुभवहरुको आदानप्रदान गर्ने तथा ब्यवसायिक भ्रमणहरु गर्ने समझदारी छ ।

समझदारीमा लुम्बिनी प्रदेशमा रहेका ब्यवसायिक सम्भावनाहरुको प्रबद्र्धनका लागि सहयोग गर्ने सहमति समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?